काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बिहीवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ८.५३४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ०.४४९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।