images
images

पाटनमा १० महिनादेखि हवाई सेवा बन्द


  • 358
    SHARES
  • २०७९ माघ २६ गते बिहीबार

    पाटनमा १० महिनादेखि हवाई सेवा बन्द

    काठमाडौं । पाटनस्थित विमानस्थलमा हवाई सेवा १० महिनादेखि बन्द रहेको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरुपमा हुने गरेको हवाई सेवा १० महिनादेखि बन्द रहेको हो । 
     
    हवाई भाडा महँगो र यात्रु नपाउँदा बन्द हवाई सेवा पुनःसञ्चालन हुन नसकेको जनाइएको छ । ११ करोड रुपैयाँको लागतमा पाटन विमानस्थल कालोपत्र गरेर सञ्चालनमा ल्याइएको भए पनि हवाई उडान भने लामो समयदेखि बन्द रहँदा यहाँ आकस्मिकरुपमा धनगढी जानुपर्ने नागरिक समस्यामा परेका छन् । 

    साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएको थियोे । गत चैत १० गते यहाँ अन्तिम पटक उडान भएको थियो । हवाई  सेवा पुनः सञ्चालन अनिश्चित रहेको समिट एयरका प्रतिनिधि कृष्णदत्त भट्टले बताए । आगामी  फागुनमा उडान हुनसक्ने भनिए पनि आधिकारिक जानकारी नआएको भट्टको भनाइ छ । 

    पाटनदेखि १८ मिनेटको हवाई यात्रा रहेको धनगढीको भाडा ५ हजार रुपैयाँ रहेको छ । हवाई सेवा बन्द हुँदा आकस्मिकरुपमा बिरामी भएकालाई सुविधा सम्पन्न अस्पातल लैजान तथा अन्य कामका लागि जाने नागरिकलाई समस्या भएको स्थानीय चमन भण्डारीले बताए ।

    भाडा पनि महँगो भएकाले घटाएर  नियमितरूपमा आउनुपर्ने उनको भनाइ छ । सुदूरपश्चिमकै दोस्रो ठूलो पाटनमा रहेको विमानस्थल हो । पाटनमा विमानस्थल २६ वर्षपछि २०७७ सालमा पुनःसञ्चालनमा आएको थियोे । २०३६ सालदेखि सञ्चालनमा आएको पाटन विमानस्थल २०५१ साल देखि भने बन्द थियो । 

     


    images
    images

    Logo