काठमाडौं । नेप्सेमा २ कम्पनीको म्युचुअल फण्डकाे इकाई सूचीकृत भएको छ । मंगलवार नेप्सेमा एनआइबिएल एस क्यापिटल र सानिमा क्यापिटल लिमिटेडको फण्ड सूचिकृत भएको हो ।
एनआईबिएल एस क्यापिटलको ‘एनआईबिएल ग्रोथ फण्ड’ र सानिमा क्यापिटलको ‘सानिमा ग्रोथ फण्ड’ सूचिकृत भएको छ ।
मंगलवार सानिमा ग्रोथ फण्डको प्रति इकाइ १० रुपैयाँ कायम रहेको कुल ६ करोड ७२ लाख ५३ हजार २ सय ६० इकाई नेप्सेमा सूचीकृत भएको छ । त्यस्तै, एनआईबीएल ग्रोथ फण्डको प्रति इकाई १० रुपैयाँ कायम रहेको १३ करोड २० लाख इकाई नेप्सेमा सूचीकृत भएको छ ।
सूचीकरणसँगै उक्त फण्डहरु दोस्रबजारका कारोबारका लागि योग्य भएको छ ।