काठमाडौं । उपकार लघुवित्तले बुक क्लोजको मिति तय गरेको छ । आइतवार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
उक्त बैठकले कम्पनीको साधारणसभा फागुन १८ गते वैजनाथ १, गाभर भ्याली बाँकेमा बस्नेगरी सभा बोलाएको छ । । सो सभा प्रयोजनका लागि कम्पनीले फागुन ४ बुक क्लोज गर्ने निर्णय गरेको छ ।
जस अनुसार फागुन ३ गतेसम्म कायम रहेका शेयरधनीले मात्रै सो कम्पनीले प्रस्ताव गरेको लाभांश लिन र उक्त सभामा सहभागी हुन सक्नेछन् ।
सो लघुवित्तले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ६१.७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ३.२५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।