काठमाडौं । मिथिला लघुवित्तले साधारणसभा बोलाएको छ । शनिवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले फागुन १७ गते न्यू बौवा होटेल एण्ड गेष्ट हाउस धनुसामा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । सो सभाले कम्पनीले प्रस्ताव गरेको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनक लागि ०.७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
साथै, संस्थापक शेयरधनीहरूको शेयर संरचना अनुपात (५१ः४९) कायम गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने लगाएतका एजेण्डा रहेको छ ।
सो सभा प्रयोजनका लागि कम्पनीले फागुन ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।