काठमाडौं । माघ र फागुन महिनामा १६ कम्पनीहरुको साधारण सभा हुँदैछ । साधारण सभा बोलाएका कम्पनीमध्ये केहीले भने सेयरधनीका हात खाली बनाएका छन् । अधिकाश कम्पनीले लगानीकर्तालाई लाभांश दिएका छन् ।
युनियन लाइफ, रिलायन्स लाइफ, सानिमा लाइफ, शिखर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, अरुण भ्याली हाईड्रोपावर, सिन्धु विकास बैंक, ज्योति विकास बैंक रहेका छन् ।त्यस्तै, रिडी पावर कम्पनी, तारागाँउ रिजेन्सी होटल्स, सिनर्जी पावर कम्पनी, बुद्धभुमी नेपाल हाईड्रोपावर, निर्धन उत्थान लघुवित्त, इन्फिनिटी लघुवित्त वित्तीय, अपी पावर कम्पनी रहेका छन् ।
युनियन लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौ वार्षिक साधारण सभा माघ २६ गते टाइगर प्यालेस रिसोर्ट, भैरहवा, रुपन्देहीमा बिहान साढे १० बजे सुरु हुनेछ । सभाले कम्पनीले सेयरधनीलाई ८.९७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ १६ गते बुक क्लोज गरिसकेको छ ।
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ १८ गते बसेको सञ्चालन समितिको बैठकको निर्णयले सभा फागुन १२ गते लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा बोलाएको हो । सभाले सानिमा लाइफ इन्स्योरेन्स संग एक आपसमा गाभ्ने, गाभिने सम्बन्धि प्रस्ताव पारित गर्ने छ लगायत अन्य महत्वपुर्ण प्रस्ताव पारित गर्ने छ ।
सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ १९ गते बसेको संचालक समितिको बैठले पाँचौ सभा फागुन १२ गते कुण्डलीनी दरबार बैंक्वेट, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।
सो सभाले रिलायन्स लाइफ इन्स्योरेन्ससँगको मर्जरसम्बन्धी सम्पूर्ण प्रस्ताव पारित गर्नेछ । सानिमा लाइफ र रिलायन्स लाइफ एक आपसमा गाभ्ने।गाभिने प्रयोजनका लागि डीडीएपश्चात निर्धारण गरिएको १ः१ अनुपात कायम हुनेगरी एकआपसमा गाभ्ने कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताप पारित गर्नेछ ।
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १८ औं वार्षिक साधारण माघ २५ गते कम्पनीको केन्द्रीय कार्यालय, शिखर बिज सेन्टर थापाथलीमा बिहान ११ बजे बस्नेछ । सभाले आर्थिक बर्ष २०७८।७९ को बार्षिक साधारणसभामार्फत १६.८४ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले माघ १७ गतेदेखि साधारण सभा सम्पन्न नहुन्जेलसम्मका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ ।
त्यस्तै, सगरमाथा इन्स्योरेन्स लिमिटेडले २६औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा फागुन ११ गते बिहिबार लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा बिहान १० बजे बस्नेगरी आह्वान गरेको हो ।
सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम गत आर्थिक बर्षको मुनाफाबाट कायम चुक्तापुँजीको १२.४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६५२६ प्रतिशत नगद लाभांश पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनार्थ माघ २७ गते एकदिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ ।
लुम्बिनी जनरल इन्स्योरेन्सले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले फागुण ११ गते बिहीबार, बिहान १० बजे, अमृतभोग क्याटरिङ्ग, कालिकास्थान काठमाडौंमा १८ औं वार्षिक साधारण सभा बोलाएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ६.९९ प्रतिशतले बोनस र कर प्रयोजनको लागि ०.३६७९ प्रतिशतले नगद लाभांश पारित गर्नेछ ।साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले माघ २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले माघ २७ गतेका लागि सभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ६.५० बोनस र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव रहेको छ । कम्पनीले सभाका लागि माघ २० गते बुक क्लोज गर्ने भएको छ ।
अरुण भ्याली हाईड्रोपावरले माघ २७ गतेका लागि सभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ८ बोनस सेयर र कर प्रयोजनका लागि ०.४१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले माघ १८ गते बुक क्लोज गरेको छ ।
माघ २७ गतेका लागि सभा बोलाएको सिन्धु विकास बैंकले सेयरधनीको हात खाली बनाएको छ । नेरुडे लघुवित्त वित्तीय संस्थाले माघ २८ गतेका लागि सभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट २२ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.१५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले माघ १७ देखि २८ गते सम्म बुक क्लोज गरेको छ । १७ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।
रिडी पावर कम्पनीले माघ २९ गतेका लागि सभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ४० प्रतिशत बोनस र २.१० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले माघ १८ गते बुक क्लोज गरेको छ । माघ १७ गतेसम्म कायम रहेका सेयरधनीले उक्त लाभांश पाउनेछन् ।
तारागाँउ रिजेन्सी होटल्सले फागुन ३ गतेका लागि सभा बोलाएको छ । कम्पनीले आव २०७८/७९ को नाफाबाट ८.४२ प्रतिशत नगद लाभांश दिने पस्ताव गरेको छ । कम्पनीले सभाका लागि माघ १८ गतेदेखि फागुन ३ गतेसम्म बुक क्लोज गरेको छ । सिनर्जी पावर कम्पनीले फागुन ४ गतेका लागि सभा बोलाएको छ । सभाका लागि भन्दै माघ २५ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।
फागुन ५ गतेका लागि सभा बोलाएको बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले फागुन १२ गतेका लागि सभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १९ प्रतिशत बोनस सेयर कर प्रयोजनका लगि १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले सभाका लागि भन्दै फागुन २ देखि १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले फागुन १३ गतेका लागि सभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीले सभाका लागि फागुन २ गते बुक क्लोज गर्ने भएको छ ।
यस्तै अपी पावर कम्पनीले फागुन १४ गतेका लागि सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ७.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले सभाका लागि फागुन ४ गते बुक क्लोज गरेको छ ।
ज्योति विकास बैंकले फागुन १४ गतेका लागि वार्षिक साधारण सभा गर्ने बोलाएको छ ।बिहीबार बसेको बैक सञ्चालक समितिको बैठकले फागुन १४ गते साधरण सभा बोलाउने निर्णय गरेको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा हुनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र कर सहित ३.८० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ । सभाका लागि बैंकले माघ २९ देखि फागुन १४ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।



