images
images

रिलायन्स लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 


  • 412
    SHARES
  • २०७९ माघ २० गते शुक्रबार

    रिलायन्स लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले फागुन १२ गते नक्साल स्थित लिसारा रिसेप्सनमा, नक्साल काठमाडौंमा बिहान ११ बजे बस्नेगरि सो सभा बोलाएको छ । 

    सो सभाले कम्पनीको अधिकृत पूँजी वृद्धि गर्ने सानिमा लाइफ इन्स्योरेन्ससँग मर्जरसम्बन्धी विशेष प्रस्ताव पारित गर्ने मूल्याङ्कनकर्ताहरूको नियुक्ति, शेयर स्वाप अनुपात १ः१ कायम गर्ने, मर्जर पछि कम्पनीको नयाँ नाम सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स रूपमा परिमार्जन, शेयर संरचना परिवर्तन गर्ने लगायतका एजेण्डा राखेको छ । 

    सो सभा प्रयोजनका लागि कम्पनीले माघ २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 

     

     


    images
    images

    Logo