images
images

सानिमा लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 1.1K
    SHARES
  • २०७९ माघ २० गते शुक्रबार

    सानिमा लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । बिहीवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले फागुन १२ गते कुण्डलीनी दरबार वैंक्वेट धुम्बाराही काठमाडौंमा बिहान ११ बजे बस्नेगरि सो सभा बोलाएको छ । 

    सो सभाले कम्पनीको अधिकृत पूँजी वृद्धि गर्ने रिलायन्स लाइफ इन्स्योरेन्ससँग मर्जरसम्बन्धी विशेष प्रस्ताव पारित गर्ने  मूल्याङ्कनकर्ताहरूको नियुक्ति, शेयर स्वैप अनुपात १ः१ कायम गर्ने, मर्जर पछि कम्पनीको नयाँ नाम सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स रूपमा परिमार्जन, शेयर संरचना परिवर्तन गर्ने लगायतका एजेण्डा राखेको छ । 

    सो सभा प्रयोजनका लागि कम्पनीले माघ २९ गतेदेखि फागुन १४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । 


    images
    images

    Logo