images
images

पर्सामा थपिए करिब साढे ६ हजार उद्योग 


  • 477
    SHARES
  • २०७९ माघ १९ गते बिहीबार

    पर्सामा थपिए करिब साढे ६ हजार उद्योग 

    पर्सा । पर्सा जिल्लामा पछिल्लो साढे पाँच वर्षमा ६ हजार ४ सय ८२ नयाँ उद्योग थपिएका छन् । 

    आर्थिक वर्ष २०७४र७५ देखि हालसम्म सेवामूलक उद्योगतर्फ ३ हजार ५ सय २७, कृषि तथा वन्यजन्यतर्फ एक हजार सात सय ३४, उत्पादन उद्योगतर्फ १ हजार १ सय २४ र पर्यटनतर्फ ४५ वटा उद्योग थपिएको घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्ज पर्साका प्रमुख धनजयकुमार सिंहले जानकारी दिए ।  

    यस्तै चालु आवको पुस मसान्तसम्म सेवामूलकतर्फ २ सय ६०, कृषि तथा वन्यजन्यतर्फ १ हजार १ सय ३०, उत्पादनमूलकतर्फ ८२ वटा, निर्माणतर्फका ५२ र पर्यटनतर्फ ३५ वटा उद्योग दत्र्ता भएका छन् । 

    यस अवधिमा ५ हजार २३ उद्योग नवीरकण र छ सय २० वटा उद्योगको लगतकट्टा लगायतका शीर्षकबाट ६ करोड ९७ लाख १० हजार ८० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।


    images
    images

    Logo