काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । मंगलवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले फागुण ११ गते अमृतभोग क्याटरिङ्ग, कालिकास्थान काठमाडौंमा बिहान १० बजे बस्नेगरि सो सभा बोलाएको छ । उक्त सभाले कम्पनीले प्रस्ताव गरेको ६.९९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.३६७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
साथै, लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच भएको मर्जर सम्बन्धी भएको अन्तिम सम्झौतालाई अनुमोदन गर्ने मुख्य एजेण्डा रहेको छ ।
कम्पनीले उक्त सभा प्रयोजनका लागि माघ २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।