काठमाडौं । सगरमाथा इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । मंगलवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले फागुण ११ गते बिहान १० बजे लैनचौर बैंक्वेट, काठमाडौंमा बस्ने गरि सभा बोलाएको छ । उक्त सभाले कम्पनीले प्रस्ताव गरेको १२।४० प्रतिशतले बोनस र कर प्रयोजनको लागि ०।६५२६ प्रतिशत लाभांश पारित गर्नेछ ।
साथै, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच भएको मर्जर सम्बन्धी भएको अन्तिम सम्झौतालाई अनुमोदन गर्ने र मर्जर सम्बन्धी बाँकी कार्यहरु पुरा गरी लुम्बिनी जनरललाई सगरमाथा इन्स्योरेन्समा गाभ्न अन्तिम स्वीकृत प्रदान गर्नेछ ।
उक्त सभा प्रयोजनका लागि कम्पनीले माघ २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।