काठमाडौं । निर्धन उत्थान लघुवित्तले साधारणसभा बोलाएको छ । मंगलवार बसेको सत्तचालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले फागुन १२ गते विशान १० बजे लघुवित्तको केन्द्रिय कार्यलय नक्साल काठमाडौंमा बस्नेगरि सभा बोलाएको छ । सो सभाले कम्पनीले प्रस्ताव गरेको १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
उक्त सभा प्रयोजनका लागि कम्पनीले फागुन २ गतेदेखि फागुन १२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।