काठमाडौं । अपि पावरले साधारणसभा बोलाएको छ । मंगलवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले फागुण १४ गते बानेश्वर व्याक्वेट, थापागाँउमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । सो सभाले कम्पनीले प्रस्ताव गरेको ७.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, बोनस शेयर पश्चात कायम हुने चुक्ता पूँजी ३ अर्ब १३ करोड रुपैयाँको १ शेयर बराबर ०.४० प्रतिशतका दरले हुन आउने १ अर्ब ६५ करोड ३४ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने मुख्य एजेण्डा रहेको छ ।
कम्पनीले सो सभा प्रयोजनका लागि फागुण ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।