काठमाडौं । गणपति लघुवित्तले यस बर्ष लाभांश नदिने भएको छ । लघुवित्तको विहीबार बसेको सञ्चालक समितिको बैठकले गत बर्षको मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।
यस सँगै अब राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा १९ प्रतिशत बोनस र १ प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश बितरण गरेको थियो ।