काठमाडौं । रिडी पावर कम्पनीले बुक क्लोजको मिति तय गरेको छ । बुधवार बसेको कम्पनी सञ्चालन समितिको बैठकले सो निर्णय गरेको हो ।
सो बैठकको निर्णय अनुसार कम्पनीको साधारणसभा माघ २९ गते गर्ने भएको छ । सो सभा प्रयोजनका लागि कम्पनीले माघ १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । जस अनुसार माघ १७ गतेसम्म कायम रहेका शेयरधनीले मात्रै कम्पनीले प्रस्ताव गरेको लाभांश पाउने छन् र सो सभामा सहभागी हुन सक्नेछन् ।
कम्पनीले गतवर्षको मुनाफाबाट चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २.१० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
साथै कम्पनीले बोनस शेयर वितरण पछि कायम हुने चुक्त पुँजीको ५० प्रतिशत अर्थात १ः०.५० को अनुपातमा कुल ७७ लाख ४४ हजार कित्ता हकप्रद शेयर जारी गर्ने भएको समेत कम्पनीले जनाएको छ ।



