काठमाडौं । अपि पावरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । सोमवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीको बोनस शेयर समेत समावेश गरेर कायम हुने ४ अर्ब १३ करोड ३२ लाख रुपैयाँ चुक्ता पुँजीबाट १ः०.४२ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको छ।
कम्पनीले अंकित मुल्य १ सय रुपैयाँमा कुल १ करोड ६५ लाख ३३ हजार १ सय ३७ कित्ता हकप्रद शेयर जारी गर्ने कम्पनीले जनाएको छ ।
उक्त हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगमा आवेदन दिने र अनुमति प्राप्त भएपश्चात आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गराउने कम्पनीले जनाएको छ।