काठमाडौं । युनियन इन्स्योरेन्सको लाभांश परिमार्जन भएको छ । नेपाल बीमा प्रधिकरणल सो कम्पनीको बोनश शेयर परिमार्जन गरेर लाभांश वितरणको स्वीकृति दिएको हो ।
प्रधिकरणले बोनश शेयर परिमार्जन गरेपछि अब कम्पनीले लगानीकर्तालाई ८.९७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.४५५३ प्रतिशत नगद लाभांश दिने भएको छ ।
यस अघि कम्पनीले ८.६५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.४५५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।