काठमाडौं । सगरमाथा इस्योरेन्सले लाभांश संशोधन गरेको छ । विमा प्राधिकरणको निर्देशन अनुसार इस्योरेन्सले लाभांश संशोधन गरेको हो ।
कम्पनीले यस अघि पुस ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६५७९ प्रतिशत नगद गरि कुल १३.१५७९ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो ।
प्राधिकरणको निर्देशनपछि कम्पनीको पुस ३० गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १२.४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६५२६ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।