images
images

नेरुडे लघुवित्तले बोलायो साधारणसभा, २३ प्रतिशत लाभांश पारित गर्ने


  • 374
    SHARES
  • २०७९ माघ २ गते सोमबार

    नेरुडे लघुवित्तले बोलायो साधारणसभा, २३ प्रतिशत लाभांश पारित गर्ने

    काठमाडौं । नेरुडे लघुवित्तले साधारणसभा बोलाएको छ । पुस २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले माघ २८ गते, उद्योग संगठन मोरङ्गको सभाहल, विराटनगरमा बिहान ११ बजे बस्ने गरि सभा बोलाएको छ । सो समाले कम्पनीले प्रस्ताव गरेको २२ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १।१५७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । 

    साथै, अन्य लघुवित्तसँग मर्जर वा प्राप्ती गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका एजेण्डा सभाको रहेको छ । 

    सो सभा प्रयोजनका लागि  लघुवित्तले माघ १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 


    images
    images

    Logo