काठमाडौं । आज १४ कम्पनीहरुले साधारणसभा गर्ने भएका छन् । शनिबार मुक्तिनाथ विकास बैंक, पोखरा फाइनान्स, नेपाल फाइनान्स, मल्टीपर्पस फाइनान्स रहेका छन् ।
त्यस्तै, मन्दाकिनी हाइड्रोपावर, सिनर्जी पावर, इष्टर्न हाइड्रोपावर, सिवाइसी नेपाल लघुवित्त, गुराँस लघुवित्त, साधना लघुवित्त, मिर्मिरे लघुवित्त, अजोड इन्स्योरेन्स, फर्स्ट माइक्रोफाइनान्स, फरवार्ड माइक्रोफाइनान्स रहेका छन् ।
मुक्तिनाथ विकास बैंक लिमिटेडको साधारण सभा भोलि होटल पोखरा ग्राण्ड, पार्दी, विरौटा, पोखरा कास्कीमा बस्दैछ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७१ प्रतिशतका दरले नगद लाभांशे वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
पोखरा फाइनान्स लिमिटेडको लाभांश प्रस्तावसहित १७औं वार्षिक साधारण सभा भोलि दरबारथोक बैंक्वेट, बास्तोलाथर, पोखरा ९ कास्कीमा बिहान ९ बजे बस्नेछ ।सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश गरी कुल ४.२१ प्रतिशत लाभांश पारित गर्नेछ ।
नेपाल फाइनान्स लिमिटेडको ३०औं साधारण सभा भोलि होटेल, एल्लो प्यागोडा, कान्तिपथ, काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, आर्थिक वर्ष २०७९।८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने, संस्थाको अधिकृत पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।
मल्टीपर्पस फाइनान्स लिमिटेडको २५औं वार्षिक साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय राजविराज, सप्तरीमा दिउँसो १ बजे बस्नेछ ।सो सभाले चुक्तापुँजी ४५ करोड रुपैयाँको १ः०.३५ प्रतिशत (अर्थात १ शेयर बराबर शुन्य दशमलव ३५ शेयर वा प्रत्येक शेयरको ३५ प्रतिशत) को अनुपातमा हकप्रद शेयर जारी गरी तथा चुक्तापुँजी बृद्धि गरी ६१ करोड २ लाख रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पारित गर्नेछ ।
बुटवल पावर कम्पनी लिमिटेडको ३०औं वार्षिक साधारण सभा भोलि कार्की ब्याङ्क्वेट, बबरमल, काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ७.५ प्रतिशत नगद लाभांश गरी कुल १२.५ प्रतिशत लाभांश पारित गर्नेछ ।
मन्दाकिनी हाइड्रोपावर कम्पनीको नवौं वार्षिक साधारण सभा भोलि अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट बत्तिसपुतली काठमाडौंमा बिहान ११ बजे बस्नेछ । कम्पनीको सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको ५ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।सिनर्जी पावर डेमलपमेन्ट लिमिटेडको १६औं वार्षिक साधारण सभा टाइम्स स्क्वायर लङ, बालुवाटार काठमाडौंमा बिहान ९ बजे बस्नेछ । यस कम्पनीले शेयरधनीहरुको हात खाली गरेको छ ।
इष्टर्न हाइड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा भोलि होटेल हार्दिक, बागबजार, काठमाडौंमा विहान ८ बजेदेखि सुुरु हुनेछ ।आर्थिक वर्ष २०७९।०८० को लागि लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका महत्वपुर्ण प्रस्ताव रहेको छ ।
सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथों वार्षिक साधारण सभा भोलि दिनेश चौधरी संस्थाको केन्द्रीय कार्यालय सभागृहचोक पोखरामा बिहान ११ बजे बस्नेछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लाागि १.५८ प्रतिशत नगद लाभांश गरी कुल ३१.५८ प्रतिशत लाभांश पारित गर्नेछ ।
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा भोलि भेडेटार भिलेज रिसोर्ट, भेडेटार, धनकुटामा बिहान ११ बजे बस्नेछ ।सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले हुन आउने ३९ लाख रुपैयाँ बराबरको बोनस शेयर, सोको कर प्रयोजनार्थ ०.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा भोलि होटल गोरखा बिसौनी, गोरखा नगरपालिका ६ गोरखामा बिहान ११ः३० बजे बस्नेछ ।सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश पारित गर्नेछ ।
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको १२औ वार्षिक साधारण सभा भोलि योयो बैंक्वेट सूर्यविनायक नगरपालिका ५ घँलाते, भक्तपुरमा बिहान ११ बजे बस्नेछ ।सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको २३ प्रतिशत बोनस शेयर पारित गर्नेछ ।
अजोड इन्स्योरेन्स कम्पनी लिमिटेको पाँचौ वार्षिक साधारण सभा भोलि युनाइटेड वर्ड टे«ड सेन्टरको तेस्रो तल्ला, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।कम्पनीको सो सभाले गत आर्थिक वर्ष २०७८।७९ को पाँचौ वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा पुष ३० गते शनिबार, आम्रपाली बैंङ्क्वेट, भाटभटेनी, काठमाडौंमा बिहान १० बजे बस्दैछ । सभाले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको १९ प्रतिशत बोनस शेयर र कर प्रैयोजनका लागि १ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १०औं वार्षिक साधारण सभा भोलि दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, दुहवी, सुनसरीमा दिउँसो १ बजे बस्नेछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लाागि ५ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।



