काठमाडौं । पाँच कम्पनीले पुस महिनाभित्र साधारणसभा गर्ने नसक्ने भएका छन् । पुसभित्र साधारणसभा गर्ने नसक्नेमा स्वावलम्बन लघुवित्त, पञ्चकन्या माइ हाइड्रोपावर, महिला लघुवित्त, नेशनल माइक्रोफाइनान्स र एक्सेल डेभलपमेन्ट बैंक रहेको छ ।
यी ५ वटै कम्पनीले आर्थिक वर्षको वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकमा पेश भइ स्वीकृतिको अवस्थामा रहेकाले पुस मसान्तभित्र साधारण सभा गर्न नसकिने जानकारी गराएको छ । तसर्थ, साधारणसभा अब ५ वटै कम्पनीले चैत मसान्तभित्र सम्पन्न गरिसक्ने पनि जनाएका छन् ।