काठमाडौं । आज ५ वटा बैंकसहित १७ कम्पनीहरुले साधारणसभा गर्ने भएका छन् । शुक्रबार नेपाल बैंक, नबिल बैंक, माछापुच्छ्रे बैंक, एनआइसी एशिया र महालक्ष्मी विकास बैंक रहेका छन् ।
त्यस्तै, सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स, आइसीएफसी फाइनान्स, सेन्ट्रल फाइनान्स, मन्जुश्री फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, नेपाल हाइड्रो डेभलोपर्स, हिमालयन पावर पार्टनर रहेका छन् । त्यस्तै, कालिका पावर र श्वेत गंगा हाइड्रोपावर, आरएसडीसी लघुवित्त र शिवम् सिमेन्ट्स रहेका छन् ।
नेपाल बैंकको ६३औं सभा बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौमा बिहान ११ बजे बस्नेछ । कम्पनीको सभाले २ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश पारित गर्नेछ । त्यस्तै, नबिल बैंकको ३८औं सभा सिल्भर ओक ब्याङ्क्वेट गैरीधारा काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सभाले १८.५० प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
साथै एनआइसी एशिया बैंकको २५औं साधारण सभा होटल आनन्द तिलगंगा काठमाडौंमा बिहान ९ बजे र माछापुच्छ्रे बैंकको २४औं साधारण सभा आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजे बस्नेछ । दुवै बैंकले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छैन । त्यस्तै, महालक्ष्मी विकास बैंकको २१औं वार्षिक साधारण सभा आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सभाले गत सभाले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको ४ प्रतिशत बोनस शेयर र ६.४७ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
सिद्धार्थ इन्स्योरेन्सको २१औं वार्षिक साधारण सभा नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा बिहान ११ बजे बस्नेछ । सभाले गत आर्थिक बर्षको मुनाफाबाट ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, प्रिमियर इन्स्योरेन्सको २९औं सभा लिसारा रिसेप्सन भगवती बहाल, नक्सालमा बिहान ११ बजे बस्नेछ । सभाले १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश पारित गर्नेछ । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले मर्जरको प्रस्ताव पारित गर्ने छन् ।
आइसीएफसी फाइनान्सको १९औ सभा अमृतभोग, कालिकास्थान काठमाडौंमा बिहान १० बजे बस्नेछ । सभाले ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश पारित गर्नेछ ।
यसका साथै सेन्ट्रल फाइनान्सको २६औं सभा कम्पनीको केन्द्रीय कार्यालय कुपन्डोल ललितपुरमा बिहान १० बजे बस्नेछ । सभाले गत आर्थिक बर्षको मुनाफाबाट ५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ भने श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८औं सभा कम्पनी रजिष्टार्डको कार्यालय डिल्लीबजार काठमाडौंमा बिहान १० बजे बस्नेछ । सभाले २.४० प्रतिशत बोनस शेयर र ५.२० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।
साथै मन्जुश्री फाइनान्सको वार्षिक साधारण सभा थापागाउँ बैंक्वेट नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ ।
नेपाल हाइड्रो डेभलोपर्सको १६औं साधारण सभा लिसारा रिसेप्सन नक्साल काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सभाले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.०२६ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
त्यस्तै कालिका पावर कम्पनीको सभा कम्पनीको रजिष्टार्ड कार्यालय भरपुर चितवनमा बिहान ११ बजे बस्नेछ । सो सभाले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
साथै हिमालयन पावर पार्टनरको १०औं सभा अम्रपाली ब्याङ्क्वेट भाटभटेनी, काठमाडौंमा बिहान १० बजे र श्वेत गंगा हाइड्रोपावरको छैठौं सभा कुण्डालिनी दरबार एण्ड बैंक्वेट, चन्डोल काठमाडौंमा बिहान ११ बजे बस्नेछ । दुवै कम्पनीले सभाले गत आथिृक बर्षको मुनाफाबाट लाभांश दिएका छैन ।
आरएडसीडी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९ औं साधारण सभा एशियन होटल बुटवलमा बिहान ९ बजे बस्नेछ । सो सभाले गत आर्थिक बर्षको मुनाफबाट प्रस्ताव गरेको ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश पारित गर्नेछ ।
त्यस्तै, शिवम् सिमेन्ट्सको सातौं वार्षिक साधारण सभा होटल सामना हेटौंडामा बिहान १० बजे बस्नेछ । सो सभाले संचालक समितिबाट प्रस्तावित १०.५३ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।



