काठमाडौं । ३ कम्पनीले पुसभित्र साधारणसभा गर्न नसक्ने भएका छन् । पुसभित्र सभा गर्न नसक्ने कम्पनीमा स्वाभिमान लघुवित्त, स्वरोजगार लघुवित्त र इन्फिनिटी लघुवित्तले साधारणसभा गर्न नसक्ने जनाएका छन् ।
यी ३ वटै कम्पनीले आर्थिक वर्षको वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकमा पेश भइ स्वीकृतिको अवस्थामा रहेकाले पुस मसान्तभित्र साधारण सभा गर्न नसकिने जानकारी गराएको छ । तसर्थ, साधारणसभा अब ३ वटै कम्पनीले चैत मसान्तभित्र सम्पन्न गरिसक्ने पनि जनाएका छन् ।