काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बुधवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।