काठमाडौं । ५ कम्पनीले पुसभित्र साधारणसभा गर्न नसक्ने भएका छन् । पुसभित्र सभा गर्न नसक्ने कम्पनीमा सिन्धु विकास बैंक, एनएमबि लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, महुली लघुवित्त र कालिका लघुवित्तले साधारणसभा गर्न नसक्ने जनाएका छन् ।
यी ५ वटै कम्पनीले आर्थिक वर्षको वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकमा पेश भइ स्वीकृतिको अवस्थामा रहेकाले पुस मसान्तभित्र साधारण सभा गर्न नसकिने जानकारी गराएको छ ।
तसर्थ, साधारणसभा अब ५ वटै कम्पनीले चैत मसान्तभित्र सम्पन्न गरिसक्ने पनि जनाएका छ ।