काठमाडौं ।स्वरोजगार लघुवित्तले लाभांश घोषणा गरेको छ । बुधवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.१५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।