काठमाडौं । कोरोना संक्रमणको दर घट्दै गएसँगै पर्यटन मन्त्रालयले अबदेखि सातामा ९ वटा देशमा २१ वटा हवाई उडान गर्न अनुमति दिएको छ ।
जसअनुसार साउदी अरबको दमाममा सातामा २ उडान, टर्कीको स्तानबुलमा सातामा २ उडान, कतारको दोहामा साप्ताहिक ४ उडान, युएईको दुबईमा सातामा ४ उडान हुनेछन् ।
त्यसैगरी दक्षिण कोरियाको सियोलमा सातामा १ उडान, कुबेतको कुवेत सिटीमा सातामा २ वटा उडान, ओमनमा सातामा एउटा उडान, मलेसियाको क्वालालम्पुरमा सातामा ४ वटा उडान, र जापानको नारितामा सातामा एउटा उडान हुनेछ ।



