काठमाडौं । दुई कम्पनीले पुस महिना भित्र साधारणसभा गर्ने नसक्ने भएका छन् । यसरी पुस मसान्तसम्ममा साधारणसभा गर्ने नसक्नेमा गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स र नेरुडे लघुवित्त रहेका छन् ।
यी दुवै कम्पनीले आर्थिक वर्षको वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकमा पेश भइ स्वीकृतिको अवस्थामा रहेकाले पुस मसान्तभित्र साधारण सभा गर्न नसकिने जानकारी गराएको छ । तसर्थ, साधारणसभा अब दुबै कम्पनीले चैत मसान्तभित्र सम्पन्न गरिसक्ने पनि जनाएका छ ।