काठमाडौं । महिला लघुवित्तले बम्पर लाभांश घोषणा गरेको छ । मंगलवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ४७.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि २.५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिई कम्पनीको आगामी साधरण सभाबाट पारित भएपश्चात वितरण गरिने छ ।