काठमाडौं । समता घरेलु लघुवित्तले पुसभित्र साधारणसभा गर्ने नसक्ने भएको छ । लघुवित्तले सोमबार एक सुचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।
लघुवित्तले आर्थिक वर्षको वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकमा पेश भइ नसकेकाले पुस मसान्तभित्र साधारण सभा गर्न नसकिने जानकारी गराएको छ । तसर्थ, साधारण सभा अब चैत मसान्तभित्र सम्पन्न गरिसक्ने पनि लघुवित्तले जनाएको छ ।