images
images

एनओसी अनलाइनबाट उपलब्ध गराउने तयारी 


  • 571
    SHARES
  • २०७९ पौष २३ गते शनिबार

    एनओसी अनलाइनबाट उपलब्ध गराउने तयारी 

    काठमाडौं । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई अनिवार्य गरिएको नो अब्जेक्सन लेटर (एनओसी) अनलाइनबाट उपलब्ध गराउने तयारी सुरु गरिएको छ । विद्यार्थीलाई भौतिक रूपमै उपस्थित गराएर एनओसी वितरण गर्दा झन्झट बेहोर्नुपर्ने, टाढाबाट आउँदा अनावश्यक खर्च हुने तथा सम्बन्धित कार्यालयमा भीडसमेत हुने गरेको छ । 

    अहिले एनओसीका लागि विद्यार्थीले अनलाइनबाट आवेदन दिन सक्छन् तर पत्र लिन भने भक्तपुरस्थित वैदेशिक अध्ययन अनुमति शाखामा आफैँ उपस्थित हुनुपर्छ । 

    एनओसी लिनेको लाइन बढेपछि कम गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘सेमी अनलाइन’ बनायो तर त्यसले भीड कम गर्न सकेको छैन । शिक्षा मन्त्रालयले प्रवाह गर्ने सेवामध्ये सबैभन्दा लामो लाइन एनओसी वितरण गर्ने कार्यालयमै हुने गरेको छ। 

    कतिपय विद्यार्थी विधि नजान्दा आवेदन भर्न सो शाखा पुग्ने गरेका छन् । अहिले दैनिक एक हजार जनासम्मले शिक्षा मन्त्रालयबाट एनओसी लिने गरेका छन्। एनओसी लिने  हरेक विद्यार्थीले अर्को १ जना पनि साथी लिएर जाने भएका कारण उक्त शाखामा भीड बढ्ने  गरे को हो । 

    एनओसी लगायतका सेवालाई झन्झटर हित बनाउन मन्त्रालयले सहसचिव  डा. कमलप्रसाद पोखरेलको संयोजकत्वमा समिति गठन गर्ने तयारी सुरु गरेको छ  । समितिले राष्ट्रिय   परीक्षा बोर्ड, विभिन्न विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग परराष्ट्र मन्त्रालय, अध्यागमन  विभागलगायतका पदाधिकारीसँग परामर्श गरिरहेको छ  ।  


    images
    images

    Logo