काठमाडौं । दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यसरी मूल्यमा हुनेमा मेरो माइक्रोफाइनान्स र प्रिमियर इस्योरेन्स रहेका छन् ।
मेरो माइक्रोफाइनान्सले १० प्रतिशत बोनस शेयर बापत नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ८ सय ५८ दशमलव ९ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ९ सय ४३ दशमलव ९० रुपैयाँमा भएको थियो ।
त्यस्तै, प्रिमियर इस्योरेन्सले १४.२५ प्रतिशत बोनस शेयर बापत नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ६ सय ८९ दशमलव ७२ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ७ सय ८८ रुपैयाँमा भएको थियो ।



