images
images

पाँच कम्पनीको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य ?


  • 693
    SHARES
  • २०७९ पौष १९ गते मंगलबार

    पाँच कम्पनीको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य ?

    काठमाडौं ।  पाँच कम्पनीको शेयर मुल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा मुक्तिनाथ विकास बैंक, गुँरास लघुवित्त, हिमालयन डिष्टिलरी, मिर्मिरे लघुवित्त, र साधना लघुवित्त रहेका छन् । 
     
    मुक्तिनाथ विकास बैंकले १३.५० प्रतिशत बोनस शेयर बापत नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ४ सय १९ दशमलव ३८ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ४ सय ७६ रुपैयाँमा भएको थियो । 

    गुँरास लघुवित्तले ४ प्रतिशत बोनस शेयर बापत नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ८ सय दशमलव १९ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ८ सय ३२ दशमलव २० रुपैयाँमा भएको थियो । 

    त्यस्तै, हिमालयन डिष्टिलरीले ६० प्रतिशत बोनस शेयर बापत नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य  २ हजार ५ सय १८ दशमलव ७५ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ४ हजार ३० रुपैयाँमा भएको थियो । 

    मिर्मिरे लघुवित्तले २३ प्रतिशत बोनस शेयर बापत नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ८ सय २१ दशमलव ३८ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार १ हजार १० दशमलव ३० रुपैयाँमा भएको थियो । 

    त्यस्तै, साधना लघुवित्तले १९ प्रतिशत बोनस शेयर बापत नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ९ सय ४ दशमलव २० रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार १ हजार ७६ रुपैयाँमा भएको थियो । 

     

     


    images
    images

    Logo