images
images

लेखाका ४ सय कर्मचारी सरुवामा भद्रगोल


  • 528
    SHARES
  • २०७९ पौष १८ गते सोमबार

    लेखाका ४ सय कर्मचारी सरुवामा भद्रगोल

    काठमाडौं । महालेखा नियन्त्रकको कार्यालयबाट गत साता एकैपटक ठूलो संख्यामा गरिएको सरुवा विवादित र भद्रगोल बनेको छ। कार्यालयले ४७ जना उपसचिव सरहका प्रमुख लेखा नियन्त्रक, प्रमुख कोष नियन्त्रक, शाखा अधिकृत सरहका १ सय १७ जना लेखा अधिकृत तथा कोष अधिकृत तथा नायब सुब्बा सरहका २ सय २५ जना लेखापालको सरुवा गरेको छ।

    केही कार्यालयले सरुवा गरिएका कर्मचारीलाई हाजिरी गराउन नसक्ने भन्दै महालेखालाई नै चिठी पठाएका छन्। महालेखाले सघन सहरी तथा भवन निर्माण आयोजना दाङ घोराहीमा कार्यरत लेखा अधिकृत विनोद दाहाललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरुवा गरेको थियो। राप्ती विज्ञान प्रतिष्ठानले यही पुस १० गते महालेखालाई चिठी लेखी महालेखाले पठाएका कर्मचारीलाई हाजिरी गराउन नसक्ने जानकारी गराएको छ। दरबन्दी नै नभएको ठाउँमा दाहाललाई सरुवा गरिएको थियो।

    उपमहालेखा नियन्त्रक कोेइरालाले भने सिभिल अस्पतालमा जान अरू कुनै कर्मचारीको निवेदन नपरेपछि कोइरालालाई पठाएको दाबी गरे। ‘बाहिर जसरी चर्चा गरिएको छ। लेखाको कर्मचारीको सरुवामा अनियमिता भएको छैन। मापदण्डअनुसार नै सरुवा गरिएको छ,’ कोइरालाले भने।

    पछिल्लो एकरदुई वर्षयता यति ठूलो संख्यामा कर्मचारी सरुवा गरिएको थिएन। महालेखा नियन्त्रकको कार्यालयका अनुसार गत भदौमा सरुवा गर्ने तयारी गरिएको थियो। भदौरअसोजमा चुनावको आचारसंहिता लागु भएकाले भदौरअसोजमा सरुवा गरिएन। ‘आचार संहिता खारेज हुनबित्तिकै सरुवा गरिएको हो। 

    त्यसैले यो सरुवा नियमित प्रक्रिया हो,’ कोइरालाले बताए। महालेखा स्रोतका अनुसार लेखाका कर्मचारीहरू आकर्षक कार्यालयमा जान उनीहरूले विभिन्न किसिमबाट आफ्नो पहुँच प्रयोग गरेका थिए।

    प्रशासन समुह भित्रका सामान्य प्रशासन, लेखा र राजस्व कर्मचारीमध्ये लेखा समूहका कर्मचारीहरूको सरुवा तथा खटन पटन महालेखा नियन्त्रकको कार्यालयले गर्दै आएको छ।


    images
    images

    Logo