images
images

नविल बैंकसहित ५ कम्पनीको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य ? 


  • 591
    SHARES
  • २०७९ पौष १७ गते आइतबार

    नविल बैंकसहित ५ कम्पनीको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य ? 

    काठमाडौं । नविल बैंकसहित पाँच कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा नविल बैंक, हिमालयन बैंक, महालक्ष्मी विकास बैंक, सिद्धार्थ इस्योरेन्स र वुटवल पावर कम्पनी रहेका छन् । 

    नविल बैंकले १८.५० प्रतिशत बोनस शेयर बापत नेप्सेले आइतबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ७ सय २१ दशमलव १० रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ८ सय ५४ दशमलव ५० रुपैयाँमा भएको थियो । 

    हिमालयन बैंकले ८ प्रतिशत बोनस शेयर बापत नेप्सेले आइतबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ३ सय ३८ दशमलव ६ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ३ सय ६५ दशमलव १० रुपैयाँमा भएको थियो । 

    महालक्ष्मी विकास बैंकले ४ प्रतिशत बोनस शेयर बापत नेप्सेले आइतबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ३ सय ३३ दशमलव ६५ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ३ सय ४७ रुपैयाँमा भएको थियो । 

    सिद्धार्थ इस्योरेन्सले ९ प्रतिशत बोनस शेयर बापत नेप्सेले आइतबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ५ सय ९१ दशमलव ६५ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ६ सय ४४ दशमलव ९० रुपैयाँमा भएको थियो ।

    वुटवल पावर कम्पनीले ५ प्रतिशत बोनस शेयर बापत नेप्सेले आइतबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ३ सय २२ दशमलव ३८ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ३ सय ३८ दशमलव ५० रुपैयाँमा भएको थियो । 

     


    images
    images

    Logo