images
images

मेगा बैंकको नयाँ योजनाः फोनबाटै पाइन्छ २ लाखसम्मको कर्जा 


  • 704
    SHARES
  • २०७८ आषाढ ६ गते आइतबार

    मेगा बैंकको नयाँ योजनाः फोनबाटै पाइन्छ २ लाखसम्मको कर्जा 

    काठमाडौं । मेगा बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा रोखेर फोनबाटै २ लाख रुपैयाँसम्म कर्जा पाउने व्यवस्था  गरेको छ । बैंकले उपलब्ध गराएको उक्त कर्जा  स्मार्टफोनबाटै तत्कालै लिन सकिने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ । 

    ग्राहकहरुलाई आवश्यक रकम तत्कालै उपलब्ध गराउने उदेश्यले बैंकले एफ वान सफ्ट इन्टरनेसनलसँगको सहकार्यमा कर्जा सुविधा ल्याएको छ । 

    यो सुविधा मार्फत  बैंकमा आफ्नो मासिक तलब खाता भएका विभिन्न संघ संस्था तथा कर्मचारीहरूले ३० दिनसम्मका लागि अधिकतम दुई लाख रुपैयाँ लिन सक्ने जनाएको छ । 

    बिना धितो र काजजात बिना नै बैंक समेत नगई फोनमार्फत तत्काल कर्जा पाउने भएकाले यो सुविधाले निकै सहज हुने मेगाले जानकारी दिएको छ । 

    मेगा स्मार्ट बैंकिङ एपमार्फत अनलाइन आवेदन दिएको केही मिनेटमै ग्राहकलाई ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत् खातामा कर्जा रकम जम्मा गरिने बैंकले जनाएको छ ।

    यद्यपि यसका लागि कर्जा लिन चाहने ग्राहकले आवश्यक सबै प्रक्रिया अनलाइनमार्फत पूरा गर्नुपर्नेछ । यस्तो अवस्थामा बैंकले तुरुन्तै पैसा दिने छ । 


    images
    images

    Logo