काठमाडौं । आँधिखोला लघुवित्तले लाभांश घोषणा गरेको छ । शुक्रवार बसेको सञ्चालक समितिको बैठकले सो निण्र्नय गरेको हो ।
कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ३० प्रतिशत बनोश शेयर र कर प्रयोजनका लागि समेत १.५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिई कम्पनीको आगामी साधरण सभाबाट पारित भएपश्चात वितरण गरिने छ ।