काठमाडौं । पोखरामा बनेको नयाँ विमानस्थलबाट अन्तराष्ट्रिय उडान गर्न आधा दर्जन कम्पनीको चासो देखाएका छन् । विमानस्थलका अधिकारीका अनुसार कुवेत, अल जजिरा, थाई स्माइल, बतार एयरवेज, फ्लाई दुवई र हिमालयन एयरवेजले सीधा उडान भर्न चासो देखाएका हुन् ।
पहिलो दिन नै अन्तराष्ट्रिय उडान गर्ने चाहना बमोजिम बुद्ध एयरले भने पोखरा वाराणसी उडान गर्ने प्रक्रिया समेत सुरु गरिसकेको छ ।