images
images

तीनवटै विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ निगमलाई, हिमालयको अनुमति स्थगित


  • 379
    SHARES
  • २०७९ पौष ८ गते शुक्रबार

    तीनवटै विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ निगमलाई, हिमालयको अनुमति स्थगित

    काठमाडौं । नेपालको तीनवटै विमानस्थलको ग्राउण्ड अन्तर्राष्ट्रिय ह्यान्डेलिङको जिम्मेवारी नेपाल वायुसेवा निगमले पाउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमको आर्थिक अवस्था सुधारका लागि निगमलाई यो अनुमति दिन लागेको हो । 

    अहिले निगमले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्यान्डेलिङको कार्य गर्दै आएको छ । त्रिभुवन विमानस्थलमा हिमालयन एयरलाइन्सले भने आफ्नो उडानको ग्राउण्ड ह्यान्डेलिङ आफैं गर्ने अनुमति पाए पनि यो अनुमतिपत्र समेत स्थगित गरिएको छ  ।
         
    यस निर्णयबाट राष्ट्रिय ध्वजाबाहकका पक्षमा ठूलो सहयोग पुग्नेछ प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बताए । प्राधिकरणको वर्तमान आर्थिक अवस्थालाई समेत मध्यनजर गर्दै राष्ट्रिय ध्वजावाहकलाई संरक्षण गर्नुपर्ने राज्यको दायित्व भएकाले निजी वायुसेवा हिमालय एयरलाइन्सले पाएको सेल्फग्राउण्ड ह्याण्डलिङको अनुमति खारेज गरी वायुसेवा निगमको पक्षमा राष्ट्रवादी निर्णय गरेको छ”, उनले भने ।
        
    यद्यपि अनुमति पाएको १ वर्षभित्र ग्राउण्ड इक्युपमेन्ट खरिद गरी सेवा सञ्चालन गर्नुपर्नेमा हिमालयले सो नगरेपछि उसको अनुमति रद्द गर्ने निर्णय भएको क्यानले जनाएको छ ।
         
    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल यही पुस १७ देखि व्यावसायिकरूपमा सञ्चालनमा आउँदैछ । उक्त विमानस्थलमा आज आन्तरिक उडानका बुद्ध एयर र यती एयरलाइन्सले डेमो उडान सफलताका साथ सम्पन्न गरेका छन् ।
         
    वायुयानको भूमिस्थ प्रबन्ध तथा अन्य ग्राउण्ड ह्याण्डलिङ सेवा सञ्चालन निर्देशिका, २०७२ को दफा ४ बमोजिम साताको ३५ वटाभन्दा बढी नियमित उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले सेल्फ ह्यान्डलिङ गर्न पाउने नियमअनुसार ४ असोज २०७७ मा हिमालय एयरलाइन्सले यो अनुमति पाएको थियो । 


    images
    images

    Logo