images
images

सिभिल बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 423
    SHARES
  • २०७९ पौष ७ गते बिहीबार

    सिभिल बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । सिभिल बैंकले साधारणसभा बोलाएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । बैंकले पुस २८ गते सभा अमृतभोग, कालिकास्थान काठमाडौंमा बिहान ११ बस्नेगरि सो सभा बोलाएको छ । 

    सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।  यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि हुनेछ । 

    सभामा यस बैंकलाई हिमालयन बैंकले १००ः८०.२८ सेयर स्वाप रेसियोमा प्राप्ति गर्नका लागि अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि रहेको छ । त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा र नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । 

    सो सभा प्रयोजनका लागि बैंकले पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ पुस १८ गतेसम्म कायम शेयरधनीले मात्र बैंकले प्रस्ताव गरेको लाभांश लिन र सो साधारणसभामा सहभागी हुन पाउनेछन् । 


    images
    images

    Logo