images
images

हिमालयन बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 610
    SHARES
  • २०७९ पौष ७ गते बिहीबार

    हिमालयन बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । हिमालयन बैंकले साधारणसभा बोलाएको छ । बुधवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    बैंकले पुस २८ गते होटल सोल्टी, सोल्टीमोड, काठमाडौँमा बिहान ११ बजे बस्नेगरि सो सभा बोलाएको छ । उक्त सभाले बैंकले प्रस्ताव गरेको चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ११.११ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । 

    साथै, हिमालयन बैंकले सिभिल बैंकलाई १ सय बराबर ८०.२८ शेयर स्वाप रेशिया अर्थात सिभिल बैंकको १०० कित्ता बराबर हिमालयन बैंकको ८०.२८ कित्ता अनुपातमा शेयर आदानप्रदान गर्ने, प्राप्ति पश्चात हिमालयन बैंक लिमिटेडको नाममा एकिकृत कारोबार गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    सो सभा प्रयोजनका लागि बैंकले पुस १८ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ पुस १७ गतेसम्म कायम शेयरधनीले मात्र बैंकले प्रस्ताव गरेको लाभांश लिन र सो साधारणसभामा सहभागी हुन पाउनेछन् । 


    images
    images

    Logo