images
images

कालिका पावरको १५.७८ प्रतिशत लाभांश घोषणा, साधारणसभा कहिले ?


  • 481
    SHARES
  • २०७९ पौष ७ गते बिहीबार

    कालिका पावरको १५.७८ प्रतिशत लाभांश घोषणा, साधारणसभा कहिले ?

    काठमाडौं । कालिका पावरको १५.७८ प्रतिशत लाभांश घोषणा गरेको छ । बुधवार बसेको बैंठकले सो निर्णय गरेको हो । 

    कम्पनीले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०।७८९५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    साथै कम्पनीले पुस २९ गते, कम्पनी रजिष्टर्ड कार्यालय, भरतपुर, चितवनमा बिहान ११ बजे बस्नेगरि साधारणसभा बोलाएको छ । सो सभाले कम्पनीले प्रस्ताव गरेको लाभांश पारित गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व हुने २ जना सञ्चालक तथा एक जना स्वतन्त्र सञ्चालकको निर्वाचन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावाहरु पनि पारित गर्नेछ।

    सो सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 


    images
    images

    Logo