काठमाडौं । नेपाल एसबीआई बैंकले साधारणसभा बोलाएको छ । बैंकले पुस २५ गते सोमबार आर्मी अफिसर्स क्लबमा सभा बोलाएको गरेको हो ।
बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ३ प्रतिशत बोनस शेयर र ७.५३ प्रतिशत नगद लाभांश गरि कुल १०.५३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ।बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि छ ।
यसैगरी, अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।
बैंकले साधारणसभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।



