images
images

१०८ मेगापिक्सेल क्यामेरा भएको रियलमी १० प्रो प्लस' नेपाली बजारमा आउँदै


  • 484
    SHARES
  • २०७९ मंसिर २८ गते बुधबार

    १०८ मेगापिक्सेल क्यामेरा भएको रियलमी १० प्रो प्लस' नेपाली बजारमा आउँदै

    काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीले मिड रेन्जको २०२२ कै सबैभन्दा प्रिमियम स्मार्टफोन नेपालमा ल्याउने भएको छ ।  रियलमी १० प्रो सिरिज अन्तर्गतको यो फोनमा १२० हर्ज रिफ्रेसरेट सहितको ६.७ इन्चको कर्भ्ड डिस्प्ले छ ।

    मिडियाटेक डाइमेन्सिटी १०८० चिपसेट प्रयोग गरिएको फोनमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरासहित ८ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको म्याक्रो र १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा उपलब्ध छ । 

    सी ब्लु र स्टारलाइट गरी दुई रङ्गमा उपलब्ध यो फोनमा ६७ वाटको फास्ट चार्जर सहितको ५,००० एमएएचको ब्याट्री छ । यो फोन ८ जीबी र १२ जीबी र्यामसहित १२८ जीबी स्टोरेज र २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ ।कम्पनीले नेपाली बजारका लागि फोनको मूल्य भने सार्वजनिक गरिसकेको छैन ।


    images
    images

    Logo