काठमाडौं । लोकसेवा आयोगले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । आयोगले बुधवार सूचना जारी गर्दै राजपत्रांकित तृतीय श्रेणी र राष्ट्रिय मानव अधिकार सेवाका अधिकृत तृतीय पदका लागि जागिर खुलाएको हो ।
खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ती गर्ने गरी दरखास्त आह्वान गरिउको छ । इच्छुक तथा योग्यता पुगेका नागरिकले पुस १९ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । दोब्बर दस्तुर तिरेर पुस २६ गतेसम्म आवेदन दिनसक्ने आयोगले जनाएको छ ।
२१ वर्ष पूरा भर्ई ३५ वर्ष ननाघेका उम्मेदवारले आवेदन दिन सक्नेछन् । साथै महिला तथा अपांगता भएका उम्मेदवारहरुको हकमा ४० वर्ष उमेर अधिकतम उमेर कायम गरिएको छ ।