images
images

अर्जेन्टिना विश्वकपको फाइनलमा, क्रोएशिया ३-० ले पराजित


  • 512
    SHARES
  • २०७९ मंसिर २८ गते बुधबार

    अर्जेन्टिना विश्वकपको फाइनलमा, क्रोएशिया ३-० ले पराजित

    काठमाडौं । बलियो मानिएको क्रोएशियाली डिफेन्स टिम निरीह बनेपछि अर्जेन्टिना जारी विश्वकपको फाइनलमा पुगेको छ । आज भएको खेलमा अर्जेन्टिनाले क्रोएशियालाई ३-० ले पराजित गरेको हो । 

    मंगलबार राति कतारको लुसेलस्थित लुसेल रंगशालामा भएको खेलमा दुई पटकको विश्व विजेता अर्जेन्टिनाले क्रोएसियामाथि ३-० गोलको जित निकाल्दै अर्जेन्टिना फाइनलमा पुगेको हो। अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले दुई गोल गर्दा कप्तान लिओनल मेसीले एक गोल गरे। 

    अर्जेन्टिनाले खेलको ३४ मिनेटमा लियोनल मेसीले पेनाल्टीमार्फत् गोल गरे गर्दै अग्रता बनाएका थिए। ३९ मिनेटमा अर्को गोल जुलियान अल्भारेजले गरेका थिए । 

    पहिलो हाफमा २-० को बलियो अवस्थामा रहेको अर्जेन्टिनासामू दोस्रो हाफमा क्रोएशिया निकै दवाबमा थियो । तर क्रोएशियाली खेलाडीहरु खेलमा जम्न सकेनन् । ७० मिनेमा अल्भारेजले अर्को गोल गरे । फलस्वरुप अर्जेन्टिनाले यो नतिजा निकालेको हो । 

    योसँगै अर्जेन्टिनाले सेमिफाइनल खेलमा अपराजित यात्राको इतिहास कायम राखेको छ । 

    अब अर्को सेमिफाइनल खेल फ्रान्स र मोरक्कोबीच हुनेछ । सो खेलबाट बिजेता हुने टिम फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ ।

     

     


    images
    images

    Logo