काठमाडौं । ३ कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत भएको छ । सुचीकृत हुनेमा श्रृजनशील लघुवित्त, पिपुल्स हाइड्रोपावर कम्पनी र इष्टर्न हाइड्रोपावरको आईपीओ नेप्सेमा सुचीकृत भएको हो ।
श्रृजनशील लघुवित्तको १० लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ नेप्सेमा सुचीकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज ३ सय २ रुपैयाँदेखि ९ सय ६ रुपैयाँसम्मको रेन्ज तोकेको छ ।
पिपुल्स हाइड्रोपावरको ३ करोड २० लाख कित्ता आईपीओ नेप्सेमा सुचीकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज १ सय रुपैयाँदेखि ३ सय रुपैयाँसम्मको रेन्ज तोकेको छ ।
त्यस्तै, इष्टर्न हाइड्रोपावरको ६२ लाख कित्ता आईपीओ नेप्सेमा सुचीकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज ७२ रुपैयाँ ३३ पैसादेखि २ सय १६ रुपैयाँ ९९ पैसासम्मको रेन्ज तोकेको छ ।यी ३ नै कम्पनीको शेयर मंगलबार नेप्सेमा सुचीकृत भएको हो ।



