images
images

चैतबाट भैरहवामा अनिवार्य उडान


  • 804
    SHARES
  • २०७९ मंसिर २५ गते आइतबार

    चैतबाट भैरहवामा अनिवार्य उडान

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अनिवार्य व्यावसायिक उडानका लागि जारी गरेको निर्देशन तत्कालका लागि स्थगित गरेको छ ।

    यसअघि प्राधिकरणले हिउँदे उडान तालिकाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक तीनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्दै आएका हवाई कम्पनीलाई दैनिक एक उडान भैरहवाबाट गर्न निर्देशन दिएको थियो । 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत, काठमाडौँमा हवाई चाप कम गर्न र गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलको व्यवसाय बढाउन गरेको निर्णय हाललाई चार महिनाका लागि पछि सारिएको प्राधिकरणले जनाएको छ ।

    गौतम बुद्व विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले यसअघिको प्राधिकरणको निर्णयमा केही परिवर्तन भए पनि हाल उडान गर्दै आएका र उडान तालिका स्वीकृत भएका हवाई कम्पनीको उडान यथावत् रहने बताए ।

    उनले भने, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत गर्ने प्राधिकरणको पूर्वतयारीअनुसार हाललाई अनिवार्य भनिएको उडान निर्देशनमा केही परिमार्जन गरिएको हो । चैत १२ देखि सुरु हुने ग्रीष्मकालीन उडान तालिका अनुसार भैरहवामा उडान गर्न प्राधिकरणले थप निर्णय गर्नेछ ।”

    प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आगामी साताबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतसम्भार गर्ने तयारी रहे पनि स्पेनिस कम्पनी सान्जोसेले निर्माण सामग्री हटाउन नसक्दा समय सारिएको बताए ।


    images
    images

    Logo