images
images

परीक्षा रोकिएपछि त्रिविले भन्यो : माथिल्लो सेमेस्टरको पढाइ सुरु गर्नू


  • 747
    SHARES
  • २०७८ बैशाख १३ गते सोमबार

    परीक्षा रोकिएपछि त्रिविले भन्यो : माथिल्लो सेमेस्टरको पढाइ सुरु गर्नू

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित परीक्षाहरु अनिश्चित कालको लागि स्थगित गरेर  माथिल्लो सेमेस्टरको पढाइ सुरु गर्न निर्देशन दिएको छ ।

    सोमबार त्रिवि रजिष्टरको कार्यालयले विद्यार्थीको शैक्षिक सत्रमा थप क्षति नहोस् भन्ने अभिप्रयाले माथिल्लो तहको कक्षा अनलाइन प्रणालीबाट सञ्चालन गर्न निर्देशन दिएको जनाएको छ ।

    यही वैशाख १९ गतेदेखि परीक्षा गर्नको लागि सम्पूर्ण तयारी पूरा भइसकेकोमा कोरोना महामारीका कारण आइतबार बसेको कोभिड १९ संकट रोकथाम तथा नियन्त्रण केन्द्रको निर्णय अनुसार त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको हो ।

    सोमबार नै रजिष्ट्रारको कार्यालयले विभिन्न केन्द्रीय विभाग र क्याम्पसहरुलाई दिएको निर्देशन अनुसार स्नातकोत्तर चौथो सेमेस्टर तथा स्नातक तहको बिसीए, अन्तर्गत् तेस्रो, पाँचौं र सातौं सेमेस्टरका नियमित कक्षाहरु वैशाख अन्तिम सातादेखि सुरु गर्न भनिएको छ ।

    सोमबारको परीक्षा सञ्चालक समितिको बैठकले स्नातकोत्तर तेस्रो सेमेस्टर, स्नातक तहको बिसिए दोस्रो, चौथो र छैटौं  सेमेस्टरका सम्पूर्ण पूर्वनिर्धारित परीक्षाहरु अनिश्चितकालको लागि स्थगित गर्ने निर्णय गरेको थियो ।

    Tu-notice.jpg


    images
    images

    Logo