काठमाडौं । ललितपुरको ग्वार्को चोकमा फ्लाइ ओभर निर्माण आगामी सातादेखि सुरू हुने भएको छ । निर्माण २३ गतेदेखि हुन लागेको हो । त्यसका कारणले गर्दा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काम सम्पन्न नहुन्जेलसम्मका लागि सवारी लेन तोकेको छ ।
कार्यालयका अनुसार कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुबाहक, माहलबाहक तथा दुई पाङ्ग्रे सवारी साधनहरूलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनहरूलाई फास्ट ट्रयाकबाट संचालन गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
कोटेश्वरबाट सातदोबाटो तर्फ जाने र आउने सम्पूर्ण सवारी साधनलाई ग्वार्को चोकभन्दा ६०० मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चलाइने छ ।